२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरावादले मुम्बईलाई दियो २०१ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई २०१ रनको विजयी लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको हैदरावादले ५ विकेटको क्षतिमा २०० रन जोडेको हो । हैदरावादका लागि मयंक अग्रवालले ४६ बलमा ८३ रन जोडे । उनले ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै, विवरान्त शर्माले ४७ बलमा ६९ रनको योगदान दिए । उनले ९ चौका र २ छक्का प्रहार गरे ।

हेनरिक क्लासेनले १३ बलमा १८ रन जोड्दा एडेन मार्कराम ७ बलमा १३ रनमा अविजित रहे । उनले अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीको स्कोर २०० पुर्याए । ह्यारी ब्रुक गोल्डेन डक हुन पुगे । उनी पहिलो बलमै आउट भए ।

मुम्बईका लागि आकाश मधवालले ४ विकेट लिँदा क्रिस जोर्डनले एक विकेट लिए । मुम्बईलाई प्लेअफ होडमा रहन यो खेल जित्नैपर्ने दबाब छ । हैदरावाद भने प्लेअफबाट पहिले नै बाहिरिएको छ ।