५ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह र प्रदेशको अधिकारका लागि बुलन्द आवाज उठाउने छु: नवनिर्वाचित राष्ट्रिय सभा सदस्य पाण्डे (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आफुले दह्रोगरी आवाज उठाउने बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझैपनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज उठाउने बताउनुभयो । 

उहाँले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘मेरो प्राथमिकता भनेको अहिलेको अवस्थामा लोकतन्त्र वा संविधान नै ओझेलमा देखिएको छ । लोकतन्त्र र संविधान माथि नै विभिन्न किसिमका तत्वहरु टिकाटिप्पणीहरु, वक्तव्यवाजी गरिरहेका छन् । त्यसले गर्दा अहिले यो देशको जुन संघीयता हो, समानुपातिक, समावेशी हो । 

यो वास्तवमा जुन ठाउँमा जहाँसम्म पुग्नुपर्ने हो त्यो अहिले पुग्न सकेको छैन र अहिले पाउने अधिकार संघीयताको आधारमा स्थानीय तह, प्रदेशसम्म पुरा अधिकार नि पुगेको छैन । यि विषयवस्तुहरुलाई समेटेर संसदमा हामी सबै मान्यज्यूहरुको छलफलद्धारा हामीले यसलाई बुलन्द रुपले आवाज माथि उठाउनेछौँ ।’

नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समेत समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथग्रहण गर्नुभएको छ ।