२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास छैन : जीवन परियार



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी ओलीले सो नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गर्नुभएको थियो । सोमवार प्रतिनिधिसभा बैठकमा उहाँले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताउनुभएको हो ।

आफूहरुले पनि विगतमा सरकारहरुले ल्याएका नीति तथा कार्यक्रम र बजेट पढेको उल्लेख गर्दै पुनर्लेखन हालसम्म पनि नभएको र नहुने सहमहामन्त्री परियारको भनाई थियो । उहाँले सरकारले नेपाली जनताको सुख र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले पनि त्यसैलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभयो ।

सहमहामन्त्री परियारले भन्नुभयो, यो नीति तथा कार्यक्रमको बारे पूर्ववक्ता पूर्वप्रधानमन्त्रीहरु र माननीय सदस्यहरुले धेरै विचारहरु प्रश्तुत पनि गरिसक्नुभएको छ । मैले सुने–यो नीति तथा कार्यक्रम काम लाग्दैन । पुनर्लेखन गर्नुपर्‍यो भन्ने पनि सुने । सम्माननीय सभामुख महोदय, हामीले २०७४ साल बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं । हामीले सुनेका छौं । पूर्व अर्थमन्त्रीजीहरुले पेस गरेको बजेटहरु पनि हामीले देखेका छौं । तर आजसम्म हामीले, अहिलेसम्म हामीले इतिहासमा पुनर्लेखन गरेको कुनैपनि इतिहास छैन ।

म स्मरण गराउन चाहन्छु । र, कतिपय माननीयजीहरुले भनिसक्नुभयो–यो नीति तथा कार्यक्रम परम्परागत छ । स्वभाविक रुपमा हो । हाम्रो देश नेपालमा हामीले यो देशको विकास र समृद्धिका लागि, नेपाली जनताको सुख र शान्तिका जे जति योजना र कार्यक्रम ल्याउनुपर्छ । ती सबै नीति तथा कार्यक्रम सबै सरकारका पालामा यसलाई प्राथमिकतामा पर्छन् । र, यसलाई प्रतिशतमा भन्नुपर्दा पूर्व माननीयजीहरुले भन्नुभयो–८० प्रतिशत त पूरानै नीति तथा कार्यक्रम दोहोरिएर आएको छ । अब ८० प्रतिशत पुरानै आएको छ भने वर्तमान सरकारले २० प्रतिशत नयाँ कुरा ल्याएको छ । के फरक पर्‍यो ।’

सहमहामन्त्री परियारले बजेट परम्परावादी भयो भनेर भन्नुको पनि कुनै तुक नरहेको बताउनु भयो ।