२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट: नेपालको पहिलो खेल घरेलु टोली जिम्बावेसँग



फाईल फोटो
अ+ अ-

काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेलतालिका सार्वजनिक भएको छ ।

मंगलबार आइसीसीले विश्वकप छनोटको लागि खेलतालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ ।

खेलको उद्घाटनको दिन दुई खेल रहेको छ । उद्घाटन खेल १८ जुन अर्थात असार ३ मा आयोजक जिम्बावे र नेपालबीच प्रतिष्प्रधा हुनेछ । नेपालले दोस्रो खेल २० जुन /असार ५ मा अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन/असार ७ मा खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल २४ जुन/ असार ९ मा खेल्नेछ ।

प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिकासँग परेको छ । उता, समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् ।

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् ।समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश ,इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।




भर्खरै