२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा कपः एक खेल अगावै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । घरेलु टोली नेपालले एक खेल बाँकी छँदै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपालले आज भएको आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेटमा २५–१० को सोझो सेटमा जित निकालेको नेपाल दोस्रो सेटमा २५–८ को सहज जित निकाल्न सफल भयो । यस्तै, तेस्रो सेटमा पनि सुरुवातदेखि नै अग्रता लिँदै नेपालले २५–९ ले आफ्नो पक्षमा नतिजा पार्दै जित निकाल्न सफल भयो ।

यता, नेपाल विजयी हुँदा भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएका छन् ।

अब नेपाल र भारतबीचको विजेता समूह विजेता बन्नेछ । नेपालको दुई खेलबाट ६ अंक छ । भारतको पनि ६ अंक छ । किर्गिस्तान र बंगलादेशले अंकको खाता खोल्न सकेका छैनन् । किर्गिस्तान र बंगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।