२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहमदाबादमा वर्षाका कारण खेल रद्द भयो भने के हुन्छ ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स क्वालिफायर २ मा आमनेसामने हुँदैछन् । अहिलेसम्म दुवै टोली तीन पटक आमनेसामने भएका छन् । मुम्बईले तीनमध्ये दुई खेल जितेको छ भने गुजरातले एउटा मात्र जितेको छ । यद्यपि, मौसम चिन्ताको विषय बनेको छ ।अहमदाबादमा वर्षा भयो भने, गुजरातलाई फाइदा हुन सक्छ ।

पानी परेमा अतिरिक्त समय राखिन्छ । वर्षा रोकिनका लागि लामो पर्खाइ गरिनेछ । कम्तिमा पाँच–पाँच ओभरको खेल हुनुपर्ने निर्णय छ । त्यसपछि पनि वर्षा रोकिएन भने खेलको अवस्था सकिनै लाग्दा पानी रोकिएपछि सुपरओभर अर्थात एक ओभरको खेलबाट नतिजा निकाल्ने प्रयास गरिन्छ । प्लेअफ खेलहरूको लागि कुनै पनि रिजर्भ डे राखिएको छैन । यस्तो अवस्थामा खेलको नतिजाको निर्णय सोही दिन हुने निश्चित छ ।

खेल हुन नसकेमा लिग राउण्डमा दुवै टोलीको स्थानले विजेताको टुंगो लगाउने छ । अर्थात् लिग राउण्डमा कुन टोली कुन स्थानमा थियो त्यसबाट नै विजेता तय गरिनेछ । शीर्षमा रहेको टोलीलाई विजेता घोषित गरिन्छ र त्यो टोली अर्को राउन्डमा पुग्छ । अर्थात् यसमा गुजरातलाई फाइदा हुनेछ, किनभने उ अंक तालिकाको शीर्ष स्थानमा थियो । मुम्बई इन्डियन्स भने अंक तालिकाको चौथो स्थानमा रहेको थियो । तसर्थ अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरातलाई फाइनल पुग्न फाइदा हुनेछ ।

अहमदाबादमा आज पानी पर्ने सम्भावना कम छ । मौसम सफा रहने र खेलको सुन्दर अवस्थाको अपेक्षा गरिएको छ । मौसम विभागको अनुमान छ कि मे २६ (शुक्रबार) अहमदाबादमा दिनको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र रातको न्यूनतम तापक्रम २९ डिग्री सेल्सियस हुनेछ । आकाश दिन र रात दुवै समय सफा हुनेछ ।

दिनमा २३ प्रतिशत र राति १६ प्रतिशत पानी पर्ने सम्भावना छ । यस्तो अवस्थामा वर्षाले खेलमा केही प्रभाव पार्न सक्छ । यद्यपि, आज अहमदाबादको अवस्था खेलका लागि उपयुक्त हुनेछ भन्न सकिन्छ ।