२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यस्तो छ विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७९ पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ५० पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २२ पैसा तोकिएको छ।  

त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा तोकिएको छ । 

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २९ पैसा तोकिएको छ । 

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५० पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६७ पैसा तोकिएको छ । 

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय ८ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ७८ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ १७ पैसा तोकिएको छ।