३० जेष्ठ २०८३, शनिबार
,
Latest
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु



फाईल फोटो
अ+ अ-

तम्घास । आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् ।

चालु आवको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ । गत आवमा ३१ घर र १५ गोठ एवं आव २०७६/७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट तीन वर्षमा रु तीन करोड ६० लाख ३८ हजार पाँच सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

जिल्लामा तीन वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको छ । जिल्लामा यो आवमा पाँच जनाले आगोबाट ज्यान गुमाएका छन् । वैशाख महिनामा मात्रै तीन जनाले आगोमा परेर ज्यान गुमाएका छन् । गत वर्ष चार र आव २०७६/७७ मा दुई जनाको आगोमा जलेर मृत्यु भएको थियो । तीन वर्षमा २० जना घाइते भएका छन् । यो आवको चैतसम्म १० जना, गत वर्ष सात र आव २०७६/७७ मा तीन जना घाइते भएका छन् । आगलागीबाट पछिल्लो तीन वर्षमा ९६ पशुचौपायको मृत्यु भएको छ भने २७ पशुचौपाय घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको छ सय १९ दशमलव पाँच हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । जिल्लामा निजी वनमा समेत आगलागी भए पनि त्यसको भने कतै पनि तथ्याङ्क समावेश गरिएको छैन । जिल्लामा सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मुना शर्माले बताउनुभयो । सुक्खा मौसम र हावाहुरी एवं लाहापरवाहीका कारण जिल्लाका विभिन्न वनमा आगलागी हुँदै आएको छ ।