२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० रन मै अलआउट भएको नेपालको मलेसियाबिरुद्ध लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाली महिला क्रिकेट टिमले मलेसियाबिरुद्ध लज्जास्पद हार बेहोरेको छ । खराब ब्याटिङ प्रदर्शन गरेको नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको छ ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले मलेसियासँग ५ खेलको सिरिज खेल्नेछ । नेपालले यसअघि मलेसियासँग टि२० आईमा तीन खेल खेल्दा सबैमा जित निकालेको थियो ।

जितको लागि नेपालले दिएको ५१ रनको सामान्य विजयी लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले २ चौकासहित १३ रनको योगदान दिइन् । यस्तै, आइना हामिजाह हशिम १२ रनमा नट आउट रहिन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् भने कविता कुँवरले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटङको निम्तो पाएको नेपालले १६.५ ओभरमा ५० रन बनाएर अल आउट भएको थियो । नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । यस्तै, ज्योति पाण्डे ११ रन जोडिन् । लज्जास्पद ब्याटिङ गरेका नेपालका अन्य ९ खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एक समय ४१-३ को अवस्थामा रहेको नेपालले ५० रनमा सबै विकेट गुमाएको थियो । नेपालले अन्तिम ९ रनमा ७ विकेट गुमाएपछि ५० रनमै अल आउट हुन पुगेको थियो।

मलेसियाकी निक नुर डीनले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । ऐश्या एलिसा २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । हमिजाह र महिराह इश्लामीले पनि समान २ विकेट लिइन् ।

नेपालले अब दोस्रो खेल भोली खेल्नेछ । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।




भर्खरै