२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईलाई फाइनल जित्न २१५ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा जारी छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा गुजरातले चेन्नईलाई २१५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २१४ रन जोडेको हो ।

गुजरातका लागि साई सुदर्शनले बिष्फोटक पारी खेले । उनले ४७ बलमा ९६ रन जोडे । उनको ब्याटबाट ६ छक्का र ८ चौका प्रहार भयो । यस्तै, ऋद्धिमान साहाले ३९ बलमा ५४, शुभमन गिलले २० बलमा ३९ रन जोड्दा हार्दिक पाण्ड्या १२ बलमा २१ रनमा अविजित रहे ।

चेन्नईका लागि बलिङतर्फ मथिशा पथिरानाले दुई तथा रविन्द्र जडेजा र दीपक चाहरले एक–एक विकेट लिए ।