२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिग: संकटा र थ्री स्टारले अंक बाड्यो



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लव र थ्री स्टार क्लवले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा ओलावाले अफिजको ह्याट्रिकको सहयोगमा मच्छिन्द्र फुटबल क्लवले सातदोबाटो युथ क्लवमाथि ३–१ को सहज जित निकालेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा बुधबार भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । शुरुवातबाट नै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका लागि सुन्दर मौका बनाएपनि सदुपयोग गर्न असफल रहेका थिए ।

पहिलो हाफ अन्त्यतिर थ्री स्टारका दीपेश गुरुङले पाएको अवसरलाई खेर फाल्दा अग्रता मौका गुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा संकटाले दुई अवसरलाई सदुपयोग गर्न गर्न सकेन । सोही क्रममा काउन्टर गरेको थ्री स्टारका आदित्य शाक्यले गरेको शक्तिशाली प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले बचाउँदै विफल बनाएका थिए ।

अर्को मिनेटमा अनमार्क रहेका दीपेश सहज अवसरलाई गोलमा परिणत गर्न सकेनन् । खेलको इन्जुरी समयमा थ्री स्टारका मार्टिन्स अजाइको क्रसलाई सिफामन्डला माथेनवाले हेडमार्फत जाली चुमाएको भएपनि अफसाइड रहँदा त्यसले मान्यता पाएन । यस बराबरीसँगै थ्री स्टार र संकटाले समान २३ खेलबाट समान २७ अंक बनाएका छन् । थ्री स्टार ११ औं स्थानमा रहेको छ भने संकटा गोलअन्तरका आधारमा १२ औं स्थानमा छ ।

लिग अन्तर्गत बुधवार नै भएको अर्को खेलमा अफिजको ह्याट्रिकमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लवले सातदोबाटो युथ क्लवमाथि ३–१ को सहज जित निकालेको हो ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलको १६ औं मिनेटमा अफिजको गोलमार्फत मच्छिन्द्रले अग्रता लिएको थियो । अफिजले दिवाकर चौधरीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा अफिजले नै टोलीको अग्रता दोब्बर बनाउँदा ५६औं मिनेटमा आफिजले ह्याट्रिक पूरा गरेका थिए । जारी लिगमा अफिजको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले खुमलटारबिरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । तीन गोलले पछि परेको भएपनि सम्हालिने प्रयास गरेको सातादोबाटोका लागि ८४औं मिनेटमा जोर्डन पुन मगरले गोल गर्दै अग्रता छोट्याउन सफल भए ।

बाँकी समयमा थप गोल हुन सकेन र मच्छिन्द्रले स्पष्ट अंक जोड्न सफल भयो । यससँगै मच्छिन्द्र लिगमा अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।

जितसँगै २३ खेलमा १० जित, नौ बराबरी र चार हारको नतिजासहित ३९ अंक जोडेर मच्छिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको सातदोबाटो समान खेलमा आठ जित, पाँच बराबरी र १० हारको नतिजासहित २९ अंकका साथ सातौं स्थानमा छ ।