२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सभपति देउवाद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताउनुभएको छ ।

बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बतउनु भयो । उहाँले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल अरोहण गर्नु कुनै पार्टीको मात्रै नभइ देशर्क लागि गर्वको कुरा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर, सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । उहाँलाई धेरैलाई यस बखत सहयोग गर्नुभयो । सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामना । उहाँको थप जीवन उन्नति होस् । यो अत्यन्त महत्वपूर्ण सफलता हो । यो हाम्रो पार्टी र देशका लागि गर्वको कुरा हो ।’

सम्मानग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाहरुका लागि बाधा पर्ने कानूनहरुको अड्चन फुकाउनु रहेको बताउनु भयो । उहाँले सरकारले शारीरिक अशक्त भएकाहरुलाई सरकारले कानूनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यही सरकार थियो, मलाई दुवै हात, खुट्टा, आँखा नहुनेलाई कानून ल्याइएको थियो । त्यहाँ ६ हजारमाथि माथिका हिमाल चढ्न नमिल्ने कानून थियो । हामलिे सबै मिलेर मुद्दा लड्यौँ । हामीले जित्यौँ । कानून मिलेपछि चढ्न ६ वर्ष लाग्यो । अब अरुलाई अवसर दिनुपर्छ । हामीले कसरी सशक्त रुपमा अघि बढ्नुपर्छ । सरकारलाई पनि सुसुचित बनाउनुपर्छ । त्यस्ता कानून अब ल्याउनु भएन ।’

पूर्वप्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुमा धेरै असर पुगेको भन्दै बचाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

 




भर्खरै