२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र स्कटल्याण्ड भिड्दै



अ+ अ-

काठमाडौँ । विश्वकप  छनोटअघि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ बजेबाट दक्षिण अफ्रिकामा सुरु हुनेछ।

जिम्बावेमा दुई सातापछि हुने विश्वकप छनोट अघि नेपाल राम्रो लय समाउन चाहन्छ । नेपालले फागुनमा आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । त्यसअघि विदेशी भूमिका नेपालले खेलेका चार मध्य तीन खेल स्कटल्यान्डसँग हारेको थियो ।

नेपालले आजको खेलमा अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, किशोर महतो र प्रतिश जि.सीलाई बढी मौका दिने सम्भावना छ । कप्तान रोहित पौडेल, आसिफ शेख र भीम सार्की नेपालका भरपर्दा ब्याटर हुन् ।

दीपेन्द्रसिंह ऐरीलाई एसिसी प्रिमियर कपमा बेन्चमा राखेको नेपालले आज मौका दिनसक्छ । टोलीमा फर्किन दीपेन्द्रलाई यो राम्रो अवसर हुनसक्छ । सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित मध्य नेपालले दुई बललाई आजको खेलमा विश्राम दिनसक्छ ।

जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरिसकेको छ । नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ । समूह ’ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन्। समूह ’बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् ।

नेपालको टोली:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

स्कटल्यान्डको टोली:

रिची बेंरिंगटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट ।