२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी पनि संसदमा टिस्टा काँगडा समेटिएको नक्सा टाँसौं: रघुजी पन्त



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालले पनि आफ्नो संसद भवनमा टिस्टा र काँगडा समेटिएको नक्सा टाँस्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर नेपालको भूभाग समेटिएको नक्सा संसद भवनमा टाँसेको विरोधमा नेपालले पनि उक्त नक्सा संसद भवनमा टाँस्नुपर्ने बताएका हुन्।

उनले भने, ‘यदी भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलज र राबी नदीसम्म पुगेको ‍सिमाना, टिस्टा र काँगडा सामेल गरेको नक्सा हामीले पनि आफ्नो संसद भवनमा टाङ्दा के हुन्छ’।

पन्तले भारतीय विदेशमन्त्री यश जयशंकरको ‘अखण्ड भारत’को नक्साबारे छिमेकी मुलुकहरूले राजनीतिक रूपमा लिन नहुने भन्ने अभिव्यक्तिबारे सकारको धारणा के हो भनेर प्रश्न समेत गरेका छन्।