२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु



अ+ अ-

काठमाडौँ । समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ ।

अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी कूल एक सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिनुभयो । निर्वाचन समितिको संयोजकमा माधव पौडेल तथा सदस्यमा विक्रम मैनाली, योगेन्द्र सिंहलगायत रहनुभएको छ । महाधिवेशनमा ७७ जिल्लाका करिब चार सय प्रतिनिधि सहभागी छन् ।

उक्त महाधिवेशनको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार उद्घाटन गर्नुभएको थियो । विसं २०७८ भदौ १० गते वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा सो सङ्गठन गठन गरिएको थियो ।