२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द कपिल शर्मा शो’का जुनियर ‘नाना पाटेकर’ले लाइभ आउँदै विष सेवन गरेपछि…



अ+ अ-

एजेन्सी । भारतीय हास्य कलाकार तीर्थानन्द रावले लाइभ क्यामेराको अगाडि आत्महत्या गर्ने प्रयास गरेका छन् । तीर्थानन्द राव ‘द कपिल शर्मा शो’मा नाना पाटेकरको भूमिका निभाउनका लागि चर्चित छन् ।

फेसबुकमा लाइभ आएर उनले फिनाईल भरिएको गिलास पिए । यसअघि करिब १० मिनेटसम्म उनले आत्महत्याजस्तो कदम चाल्न बाध्य भएको भन्दै अन्त्यमा के भयो बताए ।

तीर्थानन्द रावले आफू एक महिलासँग लिभ इनमा बस्ने गरेको बताए । उनका अनुसार ती महिलाका कारण उनको तीनदेखि चार लाख रुपैयाँ ऋण पनि छ । ती महिलाले उनलाई कुटपिट गर्ने र मानसिक शोषण गर्ने गरेको उनले बताए ।

यति भनेपछि तीर्थानन्द रावले फिनाईलको डिब्बा खोलेर आफ्नो अगाडि राखिएको गिलासमा खन्याएर पुरै पिए । रिपोर्टका अनुसार उनका केही साथीहरूले तुरुन्तै पुलिसलाई बोलाए र उनलाई अस्पताल लगे ।

तीर्थानन्द रावले लाइभमा भने – ‘म एउटी महिला परवीन बानोसँग लिभ–इनमा बस्छु । उनका श्रीमानको सन् २०१३ मा मृत्यु भएको थियो । उनका दुई छोरी पनि छन् । ती महिलाले मलाई मानसिक रूपमा सताइरहेकी छन् । मैले उनलाई ९० हजारको फोन दिएँ । उसको लागि सबै गरेँ र उसले मेरो विरुद्ध पुलिसमा उजुरी गरिन् । उनले प्रहरीको अगाडि गएर मैले आफूमाथि कुटपिट गरेको बताइन् । प्रहरीले मेरो विरुद्धमा उजुरी पनि दर्ता गरेको छ । त्यसपछि उनले यो गुनासो फिर्ता लिन्छु भनेर भन्न थालिन्, तर फिर्ता लिन त टाढा, अहिले मसँग झगडा गरिरहेकी छिन् । उनीसँगै उनकी छोरीले पनि मार्ने धम्की दिइरहेका छन् ।’