२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्मअप खेलमा नेपालले आज ओमानसँग खेल्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अन्तिम वार्मअप खेलमा आज नेपालले ओमानसँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघिका तीन अभ्यास खेलमा लगातार पराजित भएको छ । दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुन पुगेको थियो । लगत्तै, हरारेमा युएईसँग भएको पहिलो वार्मअप खेलमा पनि तीन विकेटले पराजित हुन पुगेको थियो । नेपाल आज विश्वकप छनोटअघिको अन्तिम खेलमा जितको खोजीमा हुनेछ ।

नेपाल र ओमान विश्वकप छनोटमा भने फरक समूहमा छन् । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् भने समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । त्यसपछि, असार ५ मा अमेरिकासँग खेल्नेछ भने असार ७ मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतियोगितामा शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको टोली:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

ओमानको टोली:

जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जतिन्दरसिंह, कश्याप प्रजापति, शोएब खान, मोहम्मद नदिम, सन्दीप गौड, आयन खान, सुरज कुमार, अदिल शफिक, नसिम खुशी, बिलाल खान, कलिमुल्लाह, फयाज बट, जय ओडेरा, स्यामी श्रीभात्सव र रफिउल्लाह ।