२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विश्वविद्यालयमा युएसएआइडि कृषि शिक्षा कार्यक्रम



अ+ अ-

चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा अमेरिकी सहयोग नियोग (युएसएआइडि) कृषि उच्च शिक्षाको क्रियाकालप शुभारम्भ भएको छ । सन् २०२२ को डिसेम्बरमा युएसएआइडिले यो पञ्च वर्षीय क्रियाकलाप अमेरिकास्थित टस्किगी विश्वविद्यालयलाई नेपाली साझेदार सत्गुरु इन्कर्पोरेटेडसँगको सहकार्यमा प्रदान गरिएको हो । जुन कार्यक्रम आजदेखि लागू गरिएको छ ।

क्रियाकलापको युएसएआइडि एजेन्सी काउन्सिलर क्लीन्टन व्हाइटले एक कार्यक्रमका बीच सो क्रियाकपालको शुभारम्भ गर्नुभयो । पचास लाख अमेरिकी डलर ९करिब रु ६५ करोड० बराबरको सो क्रियाकपालले अनुसन्धान र शिक्षण बिधिको सुदृढीकरया गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लागू गरिएको हो ।

कार्यक्रममा व्हाइटले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको संलग्नता थप सुदृढ गर्न यस नयाँ कृषि उच्च शिक्षा क्रियाकलापको सुरुआत गरिएको बताउनुभयो । अमेरिकी उच्च शिक्षा संस्था ऐतिहासिक रुपमा अश्वेत कलेज एवं विश्वविद्यालयको रुपमा रहेको टस्किगी विश्वविद्यालयसँगको यो साझेदारीले सवलता, अनुभव र विज्ञताको एक अद्वितीय सङ्ग्रह ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले कृषि क्षेत्रको उच्च शिक्षाअन्तर्गतको परियोजनाको आज सुरुआत गर्न पाउँदा निकै हर्षित भएको बताउनुभयो । अन्य विश्वविद्यालयसँग छलफल भइरहेको भन्दै उहाँले यो परियोना विश्वविद्यालयकै ठूलो परियोजना भएको बताउनुभयो ।

विश्वविद्यालयमा पढ्ने विद्यालर्थीको भविष्य छ है भन्ने देखाउनका लागि परियोजना ल्याइएको उहाँको भनाइ थियो । यहाँका विद्यार्थी उद्यमी, व्यवसायी बनेर यहाँ काम गर्न सकिन्छ भन्ने सिकाउनलाई विश्वको ज्ञान दिन सकीने उहाँले बताउनुभयो ।

उहाँका अनुसार चार वटा उद्देश्यका साथ यो परियोजना ल्याइएको हो । पाठ्यक्रम नयाँ लागु गर्ने, युवा किसान र विद्याथीलाई उद्यममा जोड्ने, प्रध्यापकलाई तालिम र कृषिमा महिला र छात्रा विद्यार्थीलाई जोड्ने उद्देश्यका साथ यो परियोजना सञ्चालनमा ल्याइएको हो ।

विश्वविद्यालयका पाठ्यक्रम पुरानो हुँदा विद्यार्थीलाई नयाँ ज्ञान नहुने भएकाले पाठ्यक्रमको विषयमा कार्यशाला गोष्ठी सम्पन्न गरी सकिएको उहाँले जानकारी दिनुभयो । युवा किसान र युवा विद्यार्थीलाई जोडेर उद्यमी बनाउन प्रेरित गर्ने, प्रध्यापकको अनुसन्धान, प्रकाशनमा क्षमता वृद्धि गर्ने कार्यक्रम रहेको छ । छात्रा विद्यार्थीलाई पढ्न उत्प्रेरित गर्ने विद्यार्थीलाई क्षमता अभिवृद्धि गर्नेगरी यो पहिलो चरणको परियोजना सुरुआत गरीएको हो ।

यस परियोजनाअन्तर्गत विद्यार्थीलाई उद्योमी वन्नका लागि पाँच वटा समूह बनाइ कम्पनी दर्ता गराई रु २० लाखको दरले रकम उपलब्ध गराइने छ । जसले विद्यार्थीलाई उद्यमी बन्न सहयोग गर्ने रेग्मीले जानकारी दिनुभयो ।रासस