२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनजातिलाई फुटाएर देशको हित हुँदैनः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनगणनामा पुन मगरलाइ छुट्टै जातिको रुपमा राखिएको कुरालाई सच्याइने बताउनुभएको छ ।

शुक्रवार नेपाल मगर संघले भूमे/भूम्या पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय जनगणना २०७८ मा पुन मगरलाई छुट्टै जातिको रुपमा राखेर त्रुटी गरिएको कुरालाई सच्याउने प्रतिवद्धता गर्नुभएको हो । उहाँले पुन मगर लगायतका अन्य जनजातिहरुलाई राष्ट्रिय जनगणनामा छुट्याउने काम भएको बारेमा आफूलाई जानकारी नभएको भन्दै गुनासो आएसँगै तथ्यांक विभागलाई निर्देशन दिइसकेको बताउनु भयो । उहाँले जातीहरुलाई फुटाएर देशको हीत नहुने बताउनु भयो । उहाँले त्रुटी सच्याउने प्रक्रिया अगाडी बढिसकेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मलाई यो तथ्यांककी मगर या अरु जनजातिलाई फुटाउने जस्तो हुन गयो भन्ने रिपोर्ट मलाई थिएन । पुन मगर मगर होइनन् भन्ने किसिमले जनगणनाको रिपोर्ट छ भन्ने जानकारी र रिपोर्टिङ मलाई भइसकेको थिएन । आदिबासी, जनजाति महासंघले मलाई रिपोर्ट गरिसकेपछि मैले खबर गरिसकेको छु । अहिले तथ्यांक कार्यालयको प्रमुख मान्छे विदेश भ्रमणमा भएको हुनाले आएपछि त्यसलाई स्पष्ट गर्ने र करेक्शन गर्ने मैले प्रतिवद्धता व्यक्त गरिसकेको छु । त्यसकारण फुटाउने काम हुँदैन । जातिहरुलाई फुटाएर देशको हीत हुँदैन भन्ने कुरामा म स्पष्ट छु । र मैले यो प्रक्रिया अगाडी बढाइ पनि सकेको छु ।’

उहाँले मगर समुदायले राजनीतिक परिवर्तनमा खेलेको भुमिकालाई सम्मान गर्दै आफूले मगर समुदायका नेताहरुलाई उपराष्ट्रपति, सभामुख, रक्षामन्त्री, अर्थमन्त्री, राष्ट्रिय सभा सदस्य लगायतमा अघि सारेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले मगर समुदायलाई जातिय स्वार्थभन्दा माथि उठ्न आग्रह गर्नुभयो । उहाँले जात, परिवार र भुगोलको नाममा विभाजित हुनु नहुने भन्दै एक भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले प्रकृतिको पूजा मात्रै होइन । प्लाष्टिकहरु टिप्नुपर्छ । जलवायु परिवर्तनको कारणले गर्दा कयौँ पानीको मुहानहरु बन्द भएर मानिसले पानी खान नपाएर बिस्थापित हुनुपरेको छ पहाडतिर । कयौँ बस्तीहरु तराईमा खोलाले बगाइरहेको कुरा हामीले बिर्सनु हुँदैन । हामी आफ्नो स्वार्थ र सुविधाको लागि ठूल्ठूला बिल्डिङ बनाउँदै आफ्नो स्वार्थमा निहीत भएर आम जनताको चासो भुल्यौँ भने अन्याय हुन्छ ।

आम मानिसको न्याय गर्नुपर्छ । हामी जातिय स्वार्थभन्दा अगाडी बढ्नुपर्छ । आफ्नो स्वार्थभन्दा अगाडी बढ्नुपर्छ । विभाजित राजनीति निर्मम हुन्छ । यसले जातलाई विभाजित गर्छ । परिवारलाई विभाजित गर्छ । यसले भुगोललाई विभाजित गर्छ । त्यसले गर्दा म आम मगर जातिलाई जातिय विभाजनमा तपाईहरु अल्मल्लिने होइन, सुतेर बस्ने ठाउँ छैन । अहिले देश खोक्रिएको छ । देश दुखेको छ । त्यसले गर्दा तपाईहरु एक भएर, नेपाली भएर अगाडी बढ्नुपर्छ ।’

उहाँले उहाँले मानविय स्वार्थका कारण प्रकृतिलाई असर पार्नु नहुने बताउनु भयो । प्रकृतिको रक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।