२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनआइयू इलेक्ट्रिक’ ८० हजार किमी गुड्यो



अ+ अ-

काठमाडौँ । स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजारभन्दा बढी किलोमिटर गुड्न सफल भएको छ । इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो । ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको जनाइएको छ ।

‘एनआइयू’को पोर्टफोलियोमा छ सिरिजका दुई पाङ्गे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका इको इन्फिनिटी प्रालिका व्यवस्थापन निर्देशक डा मौसम बोहराले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो ।

लिथियम पावर्ड इलेक्ट्रिक टु हिलर कम्पनीले विकसित गरेका ‘एनआइयू’ चौथो पुस्ताको ब्याट्री समेत नेपाल भित्रिसकेको छ । उहाँले चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको जानकारी दिनुभयो । यस्ता सवारी साधनमा ब्याट्री लामो समयसम्म टिक्ने जनाइएको छ । व्यवस्थापन निर्देशक डा बोहराले भन्नुभयो, “ यस्ता ब्याट्रीले लामो रेञ्ज उपलब्ध गराउँछ । आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ । यसले प्रदर्शन, सुरक्षा र शैलीमा सम्झौता गर्दैन ।” एनआइयू इनर्जी टेक्नोलोजीले अनुकूलित स्टेट अफ चार्ज एल्गोरिदम, गतिशील सेल्फ लिर्निङ ब्याट्री व्यवस्थापन प्रणाली र कन्फिगरयोग्य क्षेत्र उन्मुख नियन्त्रणमार्फत यसको उद्देश्य प्राप्त गर्ने जनाइएको छ ।

पछिल्लो समय नेपालमा सहरी गतिशीलता, अवधारणा र छनोटमा परिवर्तन हुँदै गएको छ । यस्ता सवारीसाधनले वायु प्रदूषण कम गर्न, सुविधाजनक यात्रा गर्न र अधुनिक वातावरणमैत्री बनाउन कोशेढुङ्गाका रूपमा काम गरेका जनाइएको छ । ‘एनआइयू इलेक्ट्रिक’ आम उपभोक्ताको रोजाइमा पर्न गएको उहाँले बताउनुभयो ।