२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलस्रोत विभागका तत्कालीन महानिर्देशकविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार गरेको अरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजभण्डारीको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारको आरोपपत्रमा राजभण्डारीको सरकारी सेवामा २०५१ सालमा प्रवेश गरेदेखि २०७९ सालमा अवकाश प्राप्त गर्दासम्म वैधानिक स्रोत ३ करोड ८५ लाख ५१ हजार ७४० कमाएको उल्लेख छ । तर, उनको सात करोडभन्दा बढीको सम्पत्ति देखिएको अख्तियारको दाबी छ ।