२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

साकाको ह्याट्रिकमा इंग्ल्याण्डको सहज जित



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत इंग्ल्याण्डले सानदार जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले नर्थ म्यासेडोनियालाई ७–० गोलले पराजित गरेको हो ।

इंग्ल्याण्डको वल्र्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई फराकिलो जित दिलाउन बुकायो साकाले ह्याट्रिक गरे भने ह्यारि केनले दुई तथा मार्कुस रासफोर्ड र केभिन फिलिप्सले एक–एक गोल गरे ।

२९ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा साकाले गोेल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा रासफोर्डको गोलबाट इंग्ल्याण्ड ३–० ले अघि बढ्यो ।

त्यसपछि खेलको ४७ औं र ५१ औं मिनेटमा साकाले गोल गर्दै ह्याट्रिक पूरा गरे । ६४ औं मिनेटमा फिलिप्सले गोल गर्दा इंग्ल्याण्ड ६–० ले अघि बढ्यो । यस्तै, ७३ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई ७–० को जित दिलाए ।

इंग्ल्याण्डको यो लगातार चौंथो जित हो । समूह ‘सी’मा टोली १२ अंकका साथ शीर्षस्थानमा रहेको छ । नर्थ म्यासेडोनिया ३ खेलबाट ३ अंकका साथ चौंथो स्थानमा रहेको छ ।




भर्खरै