२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण सोमपालले विश्वकप छनोटका तीन खेल गुमाउने



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गतको तीन खेल गुमाउने भएका छन् ।

आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपालले समूह चरणका तीन खेल गुमाउने भएका हुन्। यससँगै उनले आज अमेरिकाविरुद्धको खेलपनि गुमाउने भएका छन् ।

आईतबार भएको जिम्बावेविरुद्धको खेलमा ३४ औं ओभरको तेस्रो बलमा ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । सो पछि सोमपालले मैदान छाडेका थिए । र उनको बाकि बाँकी तीन बल आरिफ शेखले हानेर ओभर पूरा गरेका थिए ।

सोमपालको चोरी औला र बुढी औलाको बिचको भागको मासु फाटेपछि उनको हातमा दुई वटा टाँका लगाइएको छ । अब उनले एक हप्ता आराम गर्नुपर्ने हुन्छ । सोहि क्रममा उनले तीन ओटा खेल गुमाउनेछन् ।

सोमपाल खेल्न नसक्दा नेपालको बलिङ आक्रामण झनै कमजोर बन्ने सम्भावना देखिन्छ। उनी नहुँदा बलिङमात्रै होईन नेपालको तल्लोक्रमको ब्याटिङ कमजोर हुनेछ । नेपालले उनको स्थानमा ललितनारायण राजवंशी र प्रतिश जि।सी मध्ये एकलाई खेलाउन सक्छ ।

आज नेपाल र अमेरिकाबीच खेल दिउँसो १२: ४५ मा ताकशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालको ओपनरद्वय कुशल भुर्तेलको ९९ र आसिफ शेखको ६६ रनको सहयोगमा २ सय ९० रनको योगफल बनेपनि पराजित हुन पुगेको थियो ।

अमेरिका पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । अन्तिम तीनमा रहेर समूह ए बाट सुपर सिक्समा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ।