२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति वर्षसम्म एउटै क्रिकेट मैदान बनाउँदैछौं भन्छौ, बनाएर देखाउ त– चन्द्र भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उहाँले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको हो ।

सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढन सक्नुपर्ने बताउनु भयो । बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धि विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले बुद्धको जन्मस्थल लुम्विनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरु बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद भण्डारीले भन्नु भयो, ‘क्रिकेट ग्राउण्ड त बनाई देऊ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं । एकैचोटी बनाई दिउ न । बजेट छुट्टयाई दिऊ ने तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले या कुरालाई पनि बुझनु पर्छ । यसलाई हामीले पाठ्यक्रममा राखि दिऊ । यिनीहरुको बारेमा विश्वविद्यलाय बनाउनू । अझ माउन्टेन्ट चढने कुराका लागि विश्वविद्यालय बनाई दिउत । कहाँ–कहाँका व्यक्तिहरु आउँछन ।’

‘लुम्विनीमा गौतम बुद्धको ठाउँमा जानुस । बच्चा जन्माउने ठूलो हस्पिटल बनाई दिनुस् । हजारौं बेडको । संसारभरीका बुद्धमार्गीहरु सन्तान जन्माउन आउँछन । के छैन नेपाल ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समय अनुसार चल्न सकेनौ कि । समय बुझेनौ कि ? मल बन्छ । त्यसको बारेमा सोच्न पर्दैन । ’

सांसद भण्डारीले समय अनुसार चल्न नसक्दा नेपाल पछि परेको पटकपटक दोहोर्‍याउनु भयो । हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढने स्मरण गराउनु भयो ।