२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध



अ+ अ-

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ । रासस