२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६६ अङ्कले उकालो लागेर तीन सय ९९ दशमलव ११ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने आठ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।

नेप्सेका अनुसार कूल एक करोड १९ लाख तीन हजार छ सय ८७ कित्ता शेयर रु पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४२ करोड पाँच लाख ९९ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । सोल्टी होटल रु २७ करोड २६ लाख ९६ हजार, हिमालयन डिस्टिलरी रु २२ करोड ३७ लाख ९९ हजार सात सय १९ बराबरको शेयर कारोबार भएको छ ।

साथै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु १५ करोड ४९ लाख ९६ हजार चार सय ६४ र नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ८६ लाख ३९ हजार तीन सय २६ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, सिभिल लघुवित्त नौ दशमलव ९७ र माउण्टेन इनर्जी नेपालले शेयर मूल्य नौ दशमलव ७६ प्रतिशतले बढेको छ ।

सुपर मादी हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ९४, विन नेपाल लघुवित्तको छ दशमलव २५, मोलुङ हाइड्रोपावरको पाँच दशमलव १९, कालिञ्चोक दर्शन चार दशमलव ३९ र ग्रीनलाइफ हाइड्रोपावरको शेयर मूल्य चार दशमलव १० प्रतिशतले घटेको छ । रासस