२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा रहेको जिकिर गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको ६ महिनाको कार्यप्रगति सुनाउँदै उहाँले जस्तोसुकै निराशावादी पनि अब श्रीलंकाको दुस्वप्नबाट बाहिर आइसकेको बताउनुभयो

“हामीले सरकार सम्हाल्दा गम्भीर प्रकारका आर्थिक समस्या थियो। एउटा भाष्य बनेको थियो आम रूपमा। नेपालको नियति श्रीलंकाकोजस्तै हुनेभयो। यो भाष्य बौद्धि वर्गमा मात्र सीमित थिएन। आमनागरिकसम्म पनि पुगेको थियो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “टेलिभिजन र मोबाइलको स्क्रिनमा छाइरहेको श्रृलंकाको तस्बिरले सिंगो देशलाई आशंकित पारेको थियो। एक हदसम्म त्रसित बनाएको थियो। जतिसुकै निराशावादी पनि श्रीलंकाको दुस्वप्नबाट जागिसकेको छ।”

अहिले सबैजसो आर्थिक सूचकहरू सकारात्क भएको भन्दै उहाँले यसलाई सरकारको भन्दा पनि राष्ट्रकै उपलब्धिका रुपमा चर्चा गर्नुभयो ।

उहाँका अनुसार पछिल्लो ६ महिनायता विदेशी मुद्रा सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको छ। प्रधानमन्त्री प्रचण्डले यसले ९.७ महिनाको बस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेको बताउनुभयो । व्यापार घाटामा पनि १५.२ प्रतिशतले कमी आएको उहाँको भनाइ थियो ।

यस अवधिमा पर्यटक संख्या दोब्बर बढेको बैंकको ब्याजदर घटेको भन्दै उहाँले चुहावटलाई नियन्त्रण गरेपछि राजश्व परिचालनमा वृद्धि भएको जिकिर गर्नुभयो ।