५ असार २०८३, शुक्रबार
,
Latest
सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड: भियतनाममा भेटियो ‘हावाबाट छिट्टै फैलने’ कोरोनाभाइरसको नयाँ भेरिअन्ट



अ+ अ-

काठमाडौं । भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई 'निकै खतरनाक' बताएका छन्।

भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्। सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड(१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्।

भियतनामका स्वास्थ्यमन्त्रीले के भने?
रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छस् 'भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरिअन्ट देखेको छ।' उनले नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।

अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए।उनले भाइरसको यस भेरिअन्टको 'वंशाणुगत सङ्केत' छिट्टै उपलब्ध गराइने बताएका छन्।

अन्य प्रकार
गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यूकेरकेन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्। अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भारतीय भेरिअन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन्।

खोपको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ। निकै धेरै मानिसहरूमा उत्परिवर्तन भएका भाइरसहरूले निकै गम्भीर बिमारी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन। सुरुको भाइरसबाटै ज्येष्ठ उमेर समूहका वा जोखिमपूर्ण स्वास्थ्य समस्या भएकाहरूमै जोखिम उच्च देखिन्छ। तर थप सङ्क्रामक र उत्तिकै खतरनाक हुने कुनै भाइरस खोप नलगाएका धेरै मानिसहरूमा फैलँदा त्यसले थप मृत्युहरू निम्त्याउँछ।

भियतनामको अवस्था के छ ?
पछिल्ला सातामा भियतनाममा कोभिड-१९ का घटनामा उच्च वृद्धि देखा परेको छ। महामारी सुरु भएयता उक्त दक्षिणपूर्वी एसियाली मुलुकमा ६,७०० भन्दा बढी कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन्।

तीमध्ये आधाभन्दा धेरै यसै वर्षको एप्रिल महिनापछि देखिएका हुन्। जोन्स हप्किन्स युनिभर्सिटीको विवरण अनुसार अहिलेसम्म त्यहाँ ४७ वटा कोभिड जोडिएका मृत्युका घटना पुष्टि भएका छन्। (बीबीसी नेपाली)