२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमीलाई धितोमा होइन परियोजनामा ऋण दिनुपर्छः अध्यक्ष ओली



फाईल फोटो
अ+ अ-

चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएका छन् ।

नेपाल युवा उद्यमी मञ्च चितवनले बिहीबार यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताए । बैंक र वित्तीय संस्था साहु हुन नहुने भन्दै उनले युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

उनले भने, “परियोजना उपयुक्त छ भने ऋण दिनुपर्छ । त्यसको अनुगमन पनि बैंकले गर्नुपर्छ ।” उद्यमी बिग्रँदा ऊ मात्रै नबिग्रने बैंक पनि बिग्रने भन्दै उनले अनुगमनको दायित्व बैंकको हुनुपर्ने बताए । आफ्नो नेतृत्वको सरकारको पालामा महिला युवा उद्यमीका लागि तीन प्रतिशतमा रु १५ लाखसम्म ऋण दिन सुरु गरिएको उनले सुनाए । उद्यमशीलताले रोजगारी सिर्जना गर्ने भन्दै उनले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताए ।

उनले भने, “अव्यावहारिक नीति सरकारले हटाउनुपर्छ । कृषक र उद्यमीलाई पाँच वर्षका लागि होइन १० देखि २० वर्षका लागि ऋण दिनुपर्छ ।” उत्पादन वृद्धि १० प्रतिशतमाथि पु¥याउन सकिने भन्दै उहाँले सरकारले अनुशासित ढङ्गले काम गरेमा दुई वर्षमा १० प्रतिशत बढाउन सकिने बताए ।

नेपाल अब रोजगारी नभएर उद्यमशीलताको बाटोमा लाग्नुपर्ने उनको भनाइ थियो । उनले थपे, “अहिले नेपालमा एक वर्षमा रोजगारको खोजी गर्नेजति सबै रोजगार छैनन् त्यसकारण अबको बाटो भनेको उद्यमशीलता हो रोजगार होइन ।” नेपालमा बजारीकरणको कुनै समस्या नरहेको भन्दै उनले ठूलोमात्रामा गुणस्तरीय सामान उत्पादन गरेर राम्रो प्याकेजिङ गर्न सुझाव दिए ।

पुरानो तरिकाले नभएर सहकारी र समूहमा मिलेर धेरै उत्पादन गर्न उनको सुझाव थियो । कृषि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्ने उनले बताए । नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना रहेको भन्दै त्यसको उचित प्रयोग गर्न नसकिएको उहाँको भनाइ थियो । पछिल्लो समय मजदुर आन्दोलन नभएको हुँदा ती समस्याबाट उद्यमीलाई राहत पुगेको उनले बताए ।

मञ्चका अध्यक्ष विकल दाहालको सभापतित्वमा भएको कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, मञ्चका निवर्तमान अध्यक्ष सूर्यभक्त अधिकारी, पूर्वअध्यक्ष दाताराम घिमिरेलगायतले उद्योग र व्यवसायका क्षेत्रमा देखिएका समस्या र सुझाव राखेका थिए ।