५ असार २०८३, शुक्रबार
,
Latest
सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भर्चुअल माध्यमबाटै राप्रपाले मनायो स्थापना दिवस



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो ३१औं पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट मनाएको छ । 

पार्टी अध्यक्ष कमल थापाले संचालन गरेको कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा दिप प्रज्ववल गरि समुद्घाटन गरिएको थियो । 

आफ्नो भक्तपुर लोकन्थलीस्थित निवासबाट नेता चन्दले राप्रपालाई बलियो  राष्ट्रबादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई बैकल्पिक शक्तिको आबश्यकता रहेको बिचार व्यक्त गरे । 

पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा संचालित कार्यक्रममा राणाले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पुर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । राजा सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नको निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा जुट्न उनको आग्रह थियो । 

यस्तै अध्यक्ष थापाले पार्टी स्थापनाकालदेखी यहाँ सम्म ल्याउन महत्त्वपूर्ण योगदान दिने नेताहरुमा सम्मान प्रकट गर्दै दिबङ्गत नेताहरुप्रती श्रद्धा सुमन अर्पण गरेका थिए । 

अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले विगतका कमि कमजोरी, सफलता असफलताको समिक्षा गर्दै पार्टीलाई गन्तव्य तर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनवर्गिय संगठनको तर्फबाट महिला संगठनकी अध्यक्ष राम थापा, जिल्ला अध्यक्षहरुको तर्फबाट सप्तरी अध्यक्ष अध्यक्ष कुन्ती शाही, प्रदेश अध्यक्षहरुको तर्फबाट प्रदेश—१ का उम्देश्वर साह र प्रवास संगठनको तर्फबाट प्रेम कुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।