२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विषयमा जवाफ माग्ने



अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको विषयमा जवाफ माग गर्ने भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त विषयमा जवाफ माग्न लागेको हो ।

‘हामी प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ माग्छौं ।’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने । यद्यपि, बैठक भने अवरुद्ध नगर्ने उनको भनाई छ ।

प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले यसअघि नै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ भने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने तयारी गरिरहेको छ ।

प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र पटक–पटक दिल्लीसमेत धाएको अभिव्यक्ति दिएका थिए ।