काठमाडौ । कोरोनाका कारण दैनिक जीवनयापन गुजार गर्न कठिनाई भै रहेको दोलखा , तामाकोशी गाउँ पालिका वडा नंम्बर १ भीरकोटका माझी परिवारलाई अमेरिकाको, एटलान्टामा बस्ने नेपालीहरूले सहयोग गरेका छन् ।
उनिहरुले आपसमा संकलन गरेको रकमबाट १२० घरधुरी माझी परिवारलाई स्वास्थ्य सामग्री र खाध्यान्न सहयोग गरेका हुन् । माझी परिवारलाई माक्स , सेनेटाईजार ,थर्ममिटर , अक्सिमिटर संगै दाल चामल लगायतका खाध्य सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराईएको हो ।

विश्वमहामारीको यो संकट टार्न उनीहरुका लागि थोरै भएपनि मद्दत गर्ने प्रयास गरेको भन्दै सहयोगी समूहका एक सदस्य एबं संञ्चारकर्मी प्रेम बानियाले भन्नुभयो सम्पूर्णत् ः यो परदेशमा दुखेको देश हो , नेपालीत्व हो ।
एटलान्टामा रहेका नेपालीहरु दीपक पहारी, सिके पराजुली, दिपेन्द्र थापा, दीपक लामा, बिना लामा, गणेश अधिकारी, सम्राट रायमाझी, राम पराजुली , सुदिप न्यौपाने कपिल वाग्ले, नुरज मास्के, कृष्ण देवकोटा, अम्बिका दाहाल लामा, प्रवेश बज्राचार्य, मन्जिला पोख्रेल, मनिष जोशी, कर्ण चन्द, कृष्ण पराजुली, प्रणय र सकिना, अर्बो एलएलसी, रेवती अधिकारी, दिलीप दाहाल, श्रीराम वाग्ले, स्मिता पहारी, सकिन श्रेष्ठ, प्रेम बानियाँ, किरण ढकाल, अनुप पन्त, सलाम लामा, विकास क्षेत्री, करिना पराजुली लगायतको सक्रियताका सहयोग सामग्री जुटेको थियो ।












