५ असार २०८३, शुक्रबार
,
Latest
सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाका पूर्वअध्यक्ष थापाको स्वास्थ्य अवस्था गम्भीर



अ+ अ-

काठमाडौ । विवेकशिल साझा पार्टीका  नेता तथा सल्लाहकार उज्वल थापा कोरोना सक्रमित भै गम्भिर अवस्थामा उपचाररत हुनुहुन्छ । 

चार साता अघि नेता थापा लाई कोरोना सक्रमण देखिएको थियो । सक्रमणसँग उच्च निमोनिया पनि देखिएको थापाको  ग्राण्डी अस्पतालमा उपचार गरिएको र स्वास्थ्य अवस्था झनै खराब भएपछि शुक्रबार ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पातलमा सारिएको विवेकशिल साझा पार्टीले जनाएको छ । 

पार्टीका अध्यक्ष पाण्डेले उज्वल थापाको  स्वस्थ्य उपचारको लागी आर्थिक सहयोग गर्नको लागी सहयोगको आह्वान पनि गर्नुभएको छ । पाण्डेले लेख्नु भएको छ –

हामी सबैको धेरै धेरै माया, हामी सबैको धेरै धेरै प्रार्थना हजुरसङ छ उज्वल थापा  दाइ।
तपाईँको नेतृत्व हामीलाई खाँचो छ। देशलाई खाँचो छ।

थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग संकलन गर्न सकिने  अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ ।

साथै खल्ती र ईसेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने उल्लेख छ ।