२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले दियो विश्वकप बहिष्कार गर्ने धम्की



अ+ अ-

एजेन्सी । भारतमा अक्टोबर ५ देखि सुरु हुने एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानको सहभागितामा शंका कायमै छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २७ जुनमा हुने विश्वकपको तालिका सार्वजनिक गरिसकेको छ । भारत र पाकिस्तानबीचको प्रतिष्ठित खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ । यसबाहेक पाकिस्तानले आफ्नो लिगका ८ खेल चार सहर हैदरावाद, बैंगलोर, चेन्नई र कोलकातामा खेल्नुपर्नेछ ।

तर, यसैबीच पाकिस्तानका खेलकुद मन्त्री एहसान मजारीले विश्वकप बहिष्कार गर्ने धम्की दिएका छन् । उनले भने– ‘म चाहन्छु कि भारतले एसिया कपको खेल तटस्थ स्थानमा खेल्ने माग त्यागेस्, अन्यथा हामी पनि विश्वकप खेल्न भारत जानेछैनौँ ।’

इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा मजारीले भने – ‘प्रधानमन्त्री शाहबाज सरिफले विदेशमन्त्री बिलावल भुट्टो जरदारीको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेका छन् । मसँग जम्मा ११ मन्त्री छन् । पाकिस्तानले भारतमा क्रिकेट खेल्ने कि नखेल्ने भन्ने विषयमा छलफल गर्नेछौं । हामीले हाम्रो सुझाव प्रधानमन्त्रीलाई पठाउने छौं । त्यसैका आधारमा पाकिस्तानी क्रिकेट टोलीलाई विश्वकपमा पठाउने अन्तिम निर्णय प्रधानमन्त्रीले गर्नेछन् ।’

एसियाली क्रिकेट काउन्सिलले विश्वकपअघि एसिया कप श्रीलंका र पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको छ । यसअन्तर्गत पाकिस्तानमा प्रतियोगिताका ४ खेल मात्र हुनेछन् । बाँकी ९ खेल श्रीलंकामा हुनेछन् ।