२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेमसंघ केन्द्रीय विभाग प्रमुखहरूको बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ ।

अनेमसंघ केन्द्रीय कार्यालयमा यही असार २३ गते सम्पन्न उक्त बैठकले १८ वटा केन्द्रीय विभाग, अभियान कमिटीहरूलाई तत्काल पूर्णता दिने निर्णय गरेको छ ।

बैठकमा अनेमसंघका इन्चार्ज एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य सीता पौडेलले अनेमसंघका केन्द्रीय विभाग एवं कमिटीहरूलाई अनेमसंघको नीति निर्माण गर्ने र नयाँ विषयहरूको अध्ययन÷अनुसन्धान गर्ने थलोको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले विभागहरूलाई चुस्तदुरुस्त बनाउनका लागि सचिवालयको तर्फबाट पदाधिकारीहरूलाई संयोजन गर्ने जिम्मेवारी तोकिएको जानकारी गराउनुभएको थियो ।

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन पश्चात विभिन्न १८ वटा विभाग, अभियान कमिटीहरू रहेका छन् । बैठक अनेमसंघका अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बैठकमा संघका उपाध्यक्षहरू सुमित्रा विसी, शर्मिला कार्की, डा. विमला राई पौड्याल, महासचिव पेम्बा लामा, उपमहासचिव शान्ति अधिकारी र कोषाध्यक्ष इन्दिरा फुयाँलको उपस्थिति रहेको थियो ।