३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मङ्गलबार भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । उहाँले उक्त हेलिकोप्टर दुर्घटनामा दिवङ्गत भएकाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र पाँच म्याक्सिकोका नागरिकको ज्यान गएको थियो ।