२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंकद्वारा पशुपति विकास कोषलाई फोहोर उठाउने हाइड्रोलिक गाडी प्रदान



अ+ अ-

काठमाडौँ। प्रभु बैंकले पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई फोहोर उठाउन मिल्ने हाइड्रोलिक गाडी प्रदान गरेको हो ।

सोमबार ‍बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री सुदन किराँतीलाई उक्त गाडीको चाबी हस्तान्तरण गर्नुभयो ।

बैंकले पशुपति क्षेत्रमा दैनिक सिर्जना हुने फोहोरजन्य सामग्री व्यवस्थापनका लागि गाडीले थप सहयोग पुग्ने अपेक्षा गरेको छ।

उक्त गाडीको मूल्य १७ लाख रुपैयाँ लागेको बताइएको छ । टाटाको एस हपर सिरिजको टिपर दैनिक संचालनका लागि एक चालकलाई पारिश्रामिक स्वरुप २५ हजार रुपैयाँ व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक वर्षका लागि पारिश्रामिक वापत तीन लाख रुपैयाँ उपलब्ध गराउने छ ।

बैंकले आगामी दिनमा पनि मन्त्रालय र कोषसँगको सहकार्य गरेर अघि बढ्ने योजना बनाएको बैंकका कार्यकारी अध्यक्ष शेरचनले बताउनुभयो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।




भर्खरै