२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको भूमिका र संख्या कटौतिका वारेमा बहस हुनु दुःखद: महासचिब पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिब शंकर पोखरेलले नेपाली सेनाको भूमिका र संख्या कटौतिका वारेमा बहसहुनु दुःखद पक्ष भएको जनाउनु भएको छ ।

संसदमा केही सासदले सेनाको संख्या घटाउनु पर्ने आबाज उठाईरहेका बेला महासचिब पोखरेलले राज्य कमजोर बनेको अवस्थामा नेपाली सेनाको भूमिका र संख्या कटौतिका वारेमा बहसहुनु दुःखद पक्ष भएको जनाउनु भएको हो ।

साामजिक संञ्जालमा पोखरेलले लेख्नुभएको छ –

नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य कमजोर बनेको अवस्थामा नेपाली सेनाको भूमिका र संख्या कटौतिका वारेमा बहसहुनु दुःखद पक्ष हो । नेपाली सेनाको संख्या राष्ट्रको सुरक्षासंग मात्र होइन अन्तर्राष्ट्रिय शान्ति मिसनसंग पनि जोडिएको विषय हो । त्यसमाथि नेपाल सरकारले नेपाली सेनालाई आन्तरिक सुरक्षाका साथै विकास र विपदाको समयमा समेत प्रभावकारी रुपमा परिचालन गर्ने गरेको छ ।

निश्चयनै अन्य संस्थाजस्तै नेपाली सेनामा पनि समयानुकुल सुधार गर्नु र त्यसको व्यावसायिक दक्षतामा अभिवृद्धिगर्नु आवश्यक छ । तर मुलुकलाई राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुश्चक्रमा पारेर सार्वभौमसत्तालाई नै आघात पुर्याउने कुप्रयास भइरहेका वेलामा नेपाली सेनाको भूमिका र यसको औचित्यका वारेमा अनावश्यक रुपमा बहसहुनु दुःखद पक्ष हो । नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि नेपाली सेनाको गौरवपूर्ण भूमिकाको अभिवृद्धि नै हामी सबैको सरोकारको विषय हो र हुनु पर्दछ।