२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिविन नेपाल र नेपाल अर्थोपेडिक अस्पताल बिच बिभिन्न बिषयमा समझदारी



अ+ अ-

काठमाडौँ । सिविन नेपाल र नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबीच शारीरिक आघातरअशक्तता भएका बालबालिकाको मानसिक स्वास्थ्य समस्याको प्रवर्द्धनको क्षेत्रमा काम गर्न आपसी सहयोग गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रअनुसार सिविनले बालबालिकाको वार्डमा बिरामी बालबालिकालाई आवश्यक मनोवैज्ञानिक परामर्श उपलब्ध गराउने छ । कमजोर समुदायबाट अस्पतालमा भर्ना भएका बालबालिकाका लागि खानेकुरा, यातायात र चिकित्सकीय सहयोगजस्ता आपत्कालीन सहयोगका लागि सिविनद्वारा सञ्चालित हेल्पलाइन १०९८ उपलब्ध गराइने छ ।

सिविनले अस्पतालमा रहेका डक्टर र नर्स र विशेषगरी वार्डमा खटिएका नर्सहरुलाई मानव संसाधनको विकासका लागि मनोवैज्ञानिक परामर्श अभिमुखीकरण र तालिम उपलब्ध गराउने छ ।

सिविनले अभिमुखीकरणमार्फत अस्पतालका अन्य कर्मचारीहरुलाई पनि बालबालिकाको मानसिक स्वास्थ्य समस्याका बारेमा सचेतना गराउने छ । सिविनले अर्थोपेडिकसँग सम्बन्धित रोगका बारेमा अस्पतालमा सिफारिस गर्नेछ ।

त्यसैगरेर अस्पतालले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्याका बारेमा अभिमुखीकरण र तालिम कार्यक्रमका लागि आवश्यक व्यवस्थापन गर्नेछ ।

अस्पतालले मुलुकका विभिन्न स्थानमा गरिने घुम्ती शिविरका क्रममा सिविनलाई आवश्यक सूचना उपलब्ध गराउने छ जसले गर्दा सिविनले बालबालिका र समुदायलाई शिविरबाट लिन सकिने फाइदा र आफ्नो कार्यक्षेत्रबारे उत्साह जगाउन सकोस् ।

शारीरिक अशक्तता भएका बालबालिकाका लागि कुनै अवसर भएको अवस्थामा अस्पतालले सिविनलाई जानकारी गराउने छ ।

दुवै संस्थाले साझेदारीमा भएका प्रगतिका बारेमा अद्यावधिक गर्न आवधिक बैठक सञ्चालन गर्नेछन् । त्यस्तै थप सहकार्यका सम्भावना उजागर गर्नेछन् ।

उक्त समझदारी पत्रमा सिविनका तर्फबाट कार्यकारी निर्देशक सुम्निमा तुलाधर र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा कैलाशकुमार भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।