३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी इमर्जिङ कपः समूह ‘ए’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत श्रीलङ्का ‘ए’ ले ओमान ‘ए’ लाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

श्रीलङ्काले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भएको हो । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ चमिका करुनारत्नेले ३ तथा दुनिथ वेलालेगे, प्रमोद मदुशन र लाहिरु समाराकूनले २र२ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनायो । श्रीलङ्काका पसिन्दु सूरियबन्दराले सर्वाधिक ६० रन बनाए । यस्तै शहन अर्चचिगेले ४८ र लसिथ क्रूरपुलेले ४२ रन जोडे ।

यो जितसँगै श्रीलङ्काले ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । ३ खेलमा १ अङ्क पनि जोड्न नसकेको ओमान यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।

यस्तै आजै भएको अर्को खेलमा बङ्गलादेश ‘ए’ले अफगानिस्तान‘ए’लाई २१ रनले हरायो ।

बङ्गलादेशले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका लागि रियाज हसनले ७८ र बहिर शाहले नटआउट ५३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा रकिबुल हसन र सौम्य सरकारले २र२ विकेट लिए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनायो । बङ्गलादेशका महमुदुल हसन जोएले शतकीय इनिङ्स खेले । उनी १ सय १४ बलमा सय रन बनाएर आउट भए । यस्तै जाकिर हसनले ६२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका सलीम सफीले ४ विकेट लिए ।

यो जितसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । अफगानिस्तान ३ खेलमा ४ अङ्क नै भए पनि नेट रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

उता, समूह ‘बी’बाट भारत ‘ए’ र पाकिस्तानको ए’ टोली सेमिफाइनलमा पुगेका छन् ।




भर्खरै