२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी इमर्जिङ कपको फाइनल आज, उपाधिका लागि भारत र पाकिस्तान भिड्दै



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि भारत ए र पाकिस्तान ए बीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल नेपाली समयानुसार दिउँसो सवा दुई बजे आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । भारत र पाकिस्तानबीचको हरेक खेलहरु प्रतिष्ठाका लागि पनि लडाई हुने भएकाले आजको फाइनल खेल रोमाञ्चक हुनेछ ।

सेमिफाइनलमा भारत ए ले बंगलादेश ए लाई तथा पाकिस्तान ए ले श्रींलंका ए लाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

समूह ए र बी गरी दुई समूहमा विभाजन गरिएको यस प्रतियोगितामा श्रींलंका, बंगलादेश, अफगानिस्तान, ओमान, भारत, पाकिस्तान, नेपाल, यूएईले सहभागिता जनाएका थिए । नेपालले यस प्रतियोगिता खेल्न राष्ट्रिय टोली नै पठाएको थियो भने अन्य टोलीले ए टिम पठाएका थिए ।