३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमर्जिङ कप फाइनलः पाकिस्तानले भारतलाई दियो ३५३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि पाकिस्तान ए ले भारत ए लाई ३५३ रनको लक्ष्य दिएको छ ।

कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५२ रन जोडेको हो ।

पाकिस्तानका तयाव ताहिरले १०८ रनको शतकीय इनिङ्स खेले । ७१ बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । यस्तै, शहिबजादा फरहानले ६२ बलमा ६५, सइम अयुबले ५१ बलमा ५९, मुबसिर खानले ४७ बलमा ३५ रनको योगदान दिए । यस्तै, मोहम्मद वसिम ५ बलमा १० रनमा तथा सुफियान मुकिम ६ बलमा ३ रनमा अविजित रहे ।

बलिङतर्फ भारतका राजवर्धन हंगारगेकर र रियान परागले दुई–दुई लिए भने हर्षित राणा, निषान्त सिन्धु, मानव सुथरले एक–एक विकेट लिए ।




भर्खरै