३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पे पनि साउदी जान लागेका हुन् ?



अ+ अ-

एजेन्सी । फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको सम्झौता एक वर्ष बाँकी छ । तर, उनी पिएसजीमै रहने भन्नेमा अन्योल छ ।

एम्बाप्पे नयाँ सिजनअघि नै पिएसजी छाड्ने मनस्थितिमा छन् । पिएसजी प्रि–सिजनको तयारीका लागि जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किँदा एम्बाप्पे भने टोलीमा समावेश छैनन् ।

उनी स्पेनिस क्लब रियल मड्रिडमा जान चाहन्छन् । यसैबीच, साउदी अरेबियाको अल हिलालले उनलाई भित्र्याउन १७३.२ मिलियन पाउन्डको प्रस्ताव राखेको छ । फ्रेन्च खेलाडीमाथि साउदी अरेबियाको अल हिलालले ‘मेगा बजेट’ प्रस्ताव राखेको हो ।

२४ वर्षीय एम्बाप्पे साउदी प्रो लिगमा आबद्ध हुँदा अहिलेसम्मकै हाई प्रोफाइल खेलाडी बन्नेछन् । सन् २०१७ मा मोनाकोबाट एम्बाप्पेलाई क्लबमा भित्र्याउन पिएसजीले १५५ मिलियन पाउन्ड खर्चेको थियो ।

पब्लिक इन्भेस्टमेन्ट कोषका माध्यमबाट हिलालले एम्बाप्पेलाई यसै सिजन भित्र्याउने कोसिसमा रहेको बताइन्छ । साउदी क्लबले कम्तीमा दुई वर्षको सम्झौता गर्नेछ ।

तर, पिएसजीका अध्यक्ष नासेर अल खालैफीले भने फ्रेन्च खेलाडी एम्बाप्पेलाई छाड्न नसकिने स्पष्ट पारेका छन् । फ्री ट्रान्सफरका मध्यमबाट मड्रिड जाने योजना बनाएका उनीसँगको सम्झौता बाँकी रहेको नासेर जिकिर गर्छन् ।




भर्खरै