३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीहरुलाई ठाउँ चाहिएको भए पद छोड्न तयार छुः धनराज गुरुङ



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताउनुभएको छ ।

उहाँले आफूले सरकारले दिएको भारी संसदमा लगेर बिसाएको र संसदमा विधेयकको धारा ६४ मा धेरै संशोधन परेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने बताउनुभएको हो । सोमवार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उहाँले विधेयकको धारा ६४ मा धेरै सांसदहरुले संशोधनको प्रश्ताव राखेको बताउँदै आफूले चामलको बोरामात्रै खोलेको र बोरा खोल्दा बियाँ र भुस हुने बताउनु भयो । उहाँले आफ्नो चाहना चामल मात्रै होस् भन्ने भएपनि सिधै बोराको चामल पकाएर खान नसकिने र विधेयकको छाँटकाँट गरेर अघि बढ्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले विधेयकमा नराम्रो कुरा रहेको भए संशोधन हुने प्रतिवद्धता जनाउनु भयो । उपसभापति गुरुङले आफ्नै पार्टीका नेताहरुले आफ्नो राजीनामा मागेको भन्दै नेताहरुलाई ठाउँ खालि गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको बताउनु भयो । उहाँले आफ्ना लागि पद आशक्ति ठूलो कुरा नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयकको सन्दर्भमा कुरा उठेको छ । संसदमा पनि जोडदार ढंगबाट नै उठेको थियो । धारा ६४ को सन्दर्भमा निकै जोडदार ढंगबाट कुरा उठ्यो । चामलको बोरा लिएर गइसकेपछि चामलको बोरा फुकाउँदा चामलको बोराभित्र चामलमात्रै हुन्छ भनेर भनिदिन भएन । हाम्रो उद्देश्य चामल मात्रै होस् भन्ने हो, तर चामलको बोरा फुकाउँदा दुई चार वटा बियाँहरु पनि हुन्छन् । अलिअलि भुस पनि हुन्छ । त्यसैले स्वाट्टै तालमा खन्याएर पकाउन मिल्दैन ।

यत्ति कुरा त बुझिदिनप¥यो नि त । फेरि नाङ्लोमा हालेर निफन्ने, छान्ने, केलाउने गरेर भुसलाई फाल्नुपर्छ । चामलमात्रै राख्छौँ । त्यसपछि बल्ल पकाउन ताउलोमा राख्छाँै । धनराज गुरुङलाई यस्तो नठानिदिनुस्, कृपया गरेर नेता साथीहरुले की भात खाँदा गाँसमा ढुंगा पर्याे भने धनराज त्यत्ति लाटो छैन की ढुंगासँगको गाँस सुलुक्क निलिहाल्छ यसले । यो नठान्नुस्, ढुंगा परेको छ भने गाँस फाल्छ । मैले सरकारको भरिया भएर संसदमा विधेयकको भारी बोकेको हो । साथीहरुलाई भाग पाउँदा खालि गरिदिए भन्ने साथीहरुको छ भने तयार छु, केही छैन, पद भनेको आउँछ जान्छ, धनराजको लागि पद आशक्ति भइरहनुपर्छ भन्ने छैन ।’

उपसभापति गुरुङले निर्वाचनको टिकट दिनेकुरा लाइभ गरेर हिने हो की होइन भन्दै प्रश्न गर्नुभयो । उहाँले पार्टीलाई जनताको काँग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भयो । सभापति बदल्ने कुरामा भन्दा आफू बदलिने कुरामा लाग्ने बताउनु भयो ।