३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणका लागि मछिन्द्रको तयारी शुरु



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन क्लव मछिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी शुरु गरेको छ ।

मछिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलमा भूटानको लिग च्याम्पियन पारो एएफसीसँग खेल्दैछ । उक्त खेल दशरथ रंगशालामा आगामी साउन २३ गते शुरु हुँदैछ । सोही खेलका लागि मच्छिन्द्र फुटबल क्लवले तयारी थालेको हो । सोमवार दशरथ रंगशालामा एक कार्यक्रम आयोजना गर्दै क्लवले उक्त छनोट खेलका लागि अभ्यास शुरु गरेको जनाएको छ । क्लवका अध्यक्ष सुनिल कपालीले ललितपुरस्थित चर्च ब्वाइजको खेल मैदान र एन्फा कम्प्लेक्सको मैदानमा खेलाडीहरूले अभ्यास थालेको जानकारी दिनुभयो ।

मछिन्द्रको छनोट खेलमा २३ खेलाडी समावेश छन् । यीमध्ये ९ जना गत लिगमा विभिन्न क्लवबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मछिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ । उनीहरूलाई एएफसी कप क्वालिफायर्सको यात्रा जारी रहँदा सम्मका अनुबन्धित गरिएको क्लबका महासचिव अनिल श्रेष्ठ बताउनुहुन्छ । गत वर्ष डेब्यु सिजनमा नै चर्च ब्वाइज क्लव शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । यद्यपि, एएफसी क्लव लाइसेन्स नभएका कारण दोस्रो स्थानमा रहेको मछिन्द्रले एएफसी कप क्वालिफायर्स खेल्न पाएको हो ।

मछिन्द्रले गत सिजन पनि एएफसी कप क्वालिफायर्सकको प्रारम्भिक चरणको खेल खेलेको थियो । यद्यपि, घरेलु मैदानमा भएको उक्त खेलमा श्रीलंकाको ब्लु स्टारसँग २–० ले पराजित भएपछि मछिन्द्रको यात्रा अगाडि बढ्न सकेन । यस पटक भने मच्छिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्राएको छ । तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बू, सनिष श्रेष्ठ र आयुष घलान हुन् । यो खेल जितेमा मछिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ ।

मछिन्द्रले यो खेल पनि जिते प्लेअफ राउण्डमा बंगलादेशको ढाका अबाहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ । मछिन्द्रले क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका किशोर केसीलाई नै प्रशिक्षणमा निरन्तरता दिएको जनाएको छ । तत्कालीन प्रशिक्षक प्रवेश कटुवालले राष्ट्रिय टोलीमा जिम्मेवारी पाएपछि केसी मच्छिन्द्रको प्रशिक्षणमा भित्रिएका थिए ।

मछिन्द्रले पारो एफसीसँगको खेलका लागि भिआइपीततर्फ पाँच सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकटको मूल्य निर्धारण गरेको छ । त्यसका लागि क्लबले सोमवार नै पत्रकार सम्मेलनका अवसरमा टिकेटिङ पार्टनर माउण्ट एभरेस्ट स्पोर्ट्ससँग सम्झौता गरेको छ । क्लवका अध्यक्ष सुनिल कपाली र माउण्ट एभरेस्ट स्पोर्ट्सका सिइओ थमन भुसालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।




भर्खरै