३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ फुटबल टिमको प्रशिक्षकमा सुनिल श्रेष्ठ तथा यू-१६ मा रवीन्द्र सिलाकार नियुक्त



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ र यू-१६ फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

सोमबार एन्फाले यू-१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ र यू-१६ को मुख्य प्रशिक्षकमा रवीन्द्र सिलाकारलाई नियुक्त गरेको हो ।

एन्फाका महासचिव किरण राईले दुवै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि सुनिल र रवीन्द्रलाई एन्फाले प्रशिक्षक बनाएको हो । सुनिल श्रेष्ठ शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षक थिए भने रविन्द्र सिलाकार संकटाका प्रशिक्षक थिए ।

यस्तै, यु-१९ राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन् । टिम म्यानेजरमा भने दिवाकर घले रहनेछन् ।

त्यसैगरी यू-१६ टोलीको सहायक प्रशिक्षकमा सिताराम घिमिरे र गोलकिपर प्रशिक्षकमा गंगाराम देउजा नियुक्त भएका छन् ।

अब सुनिल श्रेष्ठले आगामी सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालको यू-१९ टोलीको प्रशिक्षण सम्हाल्नेछन् भने रवीन्द्रले सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुने साफ यू-१६ च्याम्पियनसिपमा नेपाली यू–१६ टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।

साफले सोमबार यू-१९ साफ र यू-१६ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको थियो । साफ यू-१९ मा नेपाल पाकिस्तान र माल्दिभ्स समूह ए मा छन् । नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ ।

यस्तै ,साफ यू-१६ मा नेपाल साविक विजेता भारत र बंगलादेशसँगै समूह ए मा परेको छ । नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ ।




भर्खरै