३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च तहका नेताहरुको सम्पती छानबिन हुनैपर्छः उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फरक काँग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पती विवरण छानबिन गर्न सरकारस्ँग आग्रह गर्नुपर्ने बताउनुभएको हो । उहाँले उच्च तहका नेताहरुको सम्पती छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले उच्च तहका नेताको सम्पती अब चाँडै नै छानबिन हुने बताउनु भयो । उपसभाति गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउने बताउनु भयो । निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्वाह नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धनराज गुरुङ यदी फरक काँग्रेस हो, शेखर कोईराला यदी फरक काँग्रेस हो भने हामीले भन्नैपर्छ । पहिला हाम्रो सम्पती छानबिन गरेर देखाउ सरकार भन्न सक्नुपर्छ । छानबिन समिति आयोग गठन गर भन्नुपर्छ । म आफैँ सरकारमा छु । म भन्दैछु । आज नीति तथा कार्यक्रममा आएको उच्च तहका नेताहरुको सम्पती छानबिन गर्ने भनेर हामीले लेखिसकेपछि अब भन्नैपर्छ की नेपाल सरकारले सायद ढिलो चाँडो म पनि मन्त्री छु, सुझाव दिएकै छु ।

ढिलो चाँडो उच्च तहका नेताहरुको सम्पती छानबिन आयोग गरेरै छोडिन्छ, कसैलाई छोडिँदैन । रुपान्तरण त यहाँबाट होला नि त । विषयबाट गर्ने होला नि त रुपान्तरण । सिद्धान्तबाट गर्ने होला नि त रुपान्तरण, इस्युबाट होला नि त, रुपान्तरण व्यक्तिको अनुहारबाट खोज्ने होइन । भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै खोल्दै जाने हो, प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको छु, प्रधानमन्त्रज्यु अघि बढ्नुस् । जो जो पर्छन् पर्छन्, काँग्रेस, एमाले, माओवादी को पर्छन् थाहा छैन, भ्रष्टाचारीलाई कानूनी कठघरामा उभ्याउने हो । म जहाँ छु त्यहीँ छु, मन्त्री भएपछि डराएको छैन, मन्त्री पद छोड्नुपरे छोडौँला, आफ्नो निष्ठा, सिद्धान्त छोडिन्न, विचार छोडिन्न ।’

उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताउनु भयो । उहाँले १५ औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । १५ औं पार्टी महाधिवेशनमा डा. शेखर कोईरालालाई पार्टीको सभापति बनाउने उद्घोष गर्नुभयो ।