३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिमको घोषणा



फाईल फोटो
अ+ अ-

काठमाडौं । १९औं एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि टिमबाट बाहिर रहेका विनोद भण्डारी, अभिनाश बोहोरा र विवेककुमार यादवलाई टिममा समावेश गर्दै १५ सदस्यीय टोली घोषणा गरेको हो ।

विनोद, अभिनाश र विवेक टिममा समावेश हुँदा हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङले भने एसियाली खेलकुदको टिममा स्थान बनाएका छैनन् ।

१९औं एसियाली खेलकुद चीनको ह्वाङ्झाओमा आगामी असोज ६ देखि २१ सम्म हुनेछ । जसमा नेपालले २९ खेलमा सहभागिता जनाउनेछ । सुरुवातमा २३ खेलमा मात्र सहभागिताको योजना बनाएको राष्ट्रिय खेलकुद परिषद्‌ले अन्तिम समयमा बाँकी ६ खेल समावेश गरेको थियो ।

नेपाली टोलीः
रोहितकुमार पौडेल,(कप्तान), कुशल भूर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी




भर्खरै