३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल टी २० मा सन्दीपले तेस्रोपटक जिते ‘मोमेन्ट अफ द म्याच’को पुरस्कार



अ+ अ-

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी २० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट लयमा छन् ।

यसैबीच गए राति भएको खेलमा सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै टिमलाई जित दिलाए । प्लेयर अफ द म्याचको अवार्ड पाउन नसके पनि सन्दीपले फेरि एकपटक मामेन्ट अफ द म्याचको पुरस्कार पाएका छन् । उनले एकै ओेभरमा दुई विकेट लिएर सर्रेलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।

सन्दीपले यसअघि पनि दुई खेलमा ५०० डलरको पुरस्कार राशि रहेको मोमेन्ट अफ द म्याचको पुरस्कार पाइसकेका छन् ।

सन्दीपले सकिब अल हसन, कोलिन मुनरो, जेम्स निसामजस्ता दिग्गज ब्याट्सम्यानहरूको विकेट लिएका छन् ।

सन्दीपले अहिलेसम्म चार खेल खेल्दा ७ विकेट आफ्नो नाममा पारिसकेका छन् । ग्लोबल टी २० को इतिहासमा सर्वाधिक विकेट लिने बलर समेत रहेका सन्दीप जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलको सूचीमा उनी तेस्रो स्थानमा छन् ।




भर्खरै