३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजाब लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बनिन् मोरक्कोकी बेन्जिना



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप २०२३ अन्तर्ग मोरक्कोले आइतबार दक्षिण कोरियालाई १–० गोलले पराजित गर्यो । विजयी बनेको टोलीको डिफेन्डर नौहाइला बेन्जिनाले सबैको ध्यान केन्द्रित गरिन् । बेन्जिना विश्वकपमा हिजाब लगाउने पहिलो खेलाडी बनेकी हुन् ।

२५ वर्षीया बेन्जिमाले इस्लामिक हेडस्कार्फ लगाएर मैदान उत्रिएकी थिइन् । फिफाले सन् २०१४ मा हिजाब लगाएर विश्वकप खेल्न अनुमति दिएको थियो ।

मोरक्कोले यसै महिला विश्वकपबाट डेब्यु गरेको छ । मोरक्कोमा आफ्नो क्लब फुटबल खेल्ने बेन्जिना सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी समेत हुन् । यसअघि उनी जर्मनीविरुद्धको खेलमा बेन्चमा थिइन् । उक्त खेलमा मोरक्को ६–० गोलले पराजित भएको थियो ।

समूह ‘एच’मा रहेको मोरक्को एक जितसहित ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । एक–एक खेलबाट ३–३ अंक जोडेका जर्मनी र कोलम्बिया क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । कोरिया भने अंकविहिन रहँदै पुछारमा छ ।




भर्खरै